तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-ताल अनि पशु-प्राणिहरूको साथै मुल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे।
Cross references
तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लुगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगे।
परमप्रभुले मिश्रका मानिसहरूलाई दयालु बनाई दिनु भयो अनि तिनीहरूले जे मांगे त्यही दिए।
मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेकाथिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए।
जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिरको निम्ति सहायता गरोस्।”
तिमीलाई राजा र उनका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको मन्दिर यरूशलेममा छ, मुक्त रूपले अर्पण गरेका सुन र चाँदीहरू लिन पठाएका हुन साथै यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरको निम्ति मानिसहरू अनि पूजाहारीहरूले गरेका।
स्वेच्छिक अर्पणहरू सहित बाबेल प्रदेश भरि तिमीले प्राप्त गर्न सकेका सुन र चाँदीहरू लानु।
त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।
चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियौ र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ।
अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो।
जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।
हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ