Cross references
आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।
तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाईहरू आसाप अनि एतानलाई ल्याए। हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।
दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
अठारौं-हनानीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
जब निर्माणकर्त्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाएर हातमा तुरही लिए अनि लेवीहरूले आफ्ना झ्याम्टाहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहन गरे।
गवैयाहरूःआसापका कुलहरू 148
अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा।