“तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु?
Cross references
जिउँदो पशुहरुको मासुमा जतिञ्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु।
यो नियम तिमीहरूका सन्तानहरू रहूञ्जेलसम्म सँधै रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”
तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्याउनु पर्छ।
“जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”
“चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु।
“इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसंग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।
“यदि कुनै मासुमा रगत रहेको छ भने तिमीले त्यो मासु खानु हुँदैन।“भविष्यको विषयमा बताउँदा तन्त्र-मन्त्र अथवा जादू प्रयोग नगर।
अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोडदिनु भएको छ।
तर रगत पानी झैं भूइँमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन।
तिनीहरूले पलिश्तीहरूबाट भेडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो।
मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ?
म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेछ, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।”
यहूदाका पत्नी मानिसहरू जो मिश्रमा बस्न फर्केका थिए तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाउथे अनि त्यो सत्य तिनीहरूका लोग्नेहरूले जान्दथे तर तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यसो गर्न रोकेनन्। त्यहाँ यहूदाका एक ठूलो हुद्दा भेला हुन्थे। तिनीहरू दक्षिणी मिश्रमा बस्ने यहूदाका मानिसहरू थिए। ती अन्य देवताहरूलाई बलिदानहरू चढाउने स्त्रीहरूका पतिहरूले यर्मियाहलाई भने,
परमेश्वरले भन्नुभयो, “इस्राएल अनि यहूदाका परिवारले अत्यन्तै पाप गरेका छन्। यस देशमा सम्पूर्ण मानिसहरूको हत्या भइरहेकोछ अनि यो शहर अपराधले भरिएकोछ। किन? किनभने मानिसहरू स्वंय भन्छन्, ‘परमप्रभुले यो देश छोडेर जानु भयो। उहाँले हामीलाई यी कामहरू गरिरहेको हेर्न सक्नु हुन्न।’
त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँढ्दैन। त्यो इस्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन्। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन।
उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसक्दा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ।
त्यो मानिस पहाडहरूमा जाँदैन्, झूटो देवताहरूलाई चढाएको खानामा भाग लिँदैन। त्यसले इस्राएलको झूटो मूर्तिहरू सित प्रार्थना गर्दैन। ऊ आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारी पाप गर्दैन्।
तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहरूले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायौ अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो।
“‘हेर! यरूशलेममा प्रत्येक शासकले आफूलाई शक्तिशाली बनाएकोछ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मार्न सक्छन्।
यरूशलेमका मानिसहरू अरू मानिसहरूको विषयमा झूटो बोल्छन्। यिनीहरूले यी निर्दोष मानिसहरूलाई मार्नका निम्ति गर्छन। मानिसहरू डाँडाहरूमाथि मूर्तिहरूलाई अपर्ण गरेका भोजहरू खान जान्छन् यरूशलेममा मानिसहरूले धेरै व्यभिचारी पापहरू गर्दैछन्।
“‘यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।
तिनीहरूले जब त्यो देशमा मानिसहरूको हत्या गरे, त्यस जमीनमाथि रगत फैलाए। उनीहरूले आफ्नो मूर्तिहरूले देश मैला बनाए। यसकारण मैले तिनीहरूलाई देखाँए कि म कति क्रोधित थिएँ।
बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छःमूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ। कुनै व्यभिचार नगर्। रगत नखाऊ। निमोठेर मारिएका पशुहरू नखाऊ।
मूर्तिहरूलाई अर्पण गरिएको खाद्य नखाऊ। रगत नखानु निमोठेर मारिएको पशुहरू नखानु, कुनै प्रकारको पनि यौन पापहरू नगर्नु। यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ। अब हामी बिदा माग्छौं।”
गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः‘मूर्तिहरूमा चढाएको खाद्य नखानु रगत नखानु निमोठेर मारेका पशू नखानु र कुनै प्रकारको व्यभिचार नगर्नु।”‘