Home Bibles ☰ Books लेवी 19:26 · नेपाली बाइबल
लेवी 19:26 · नेपाली बाइबल

“यदि कुनै मासुमा रगत रहेको छ भने तिमीले त्यो मासु खानु हुँदैन।“भविष्यको विषयमा बताउँदा तन्त्र-मन्त्र अथवा जादू प्रयोग नगर।

Cross references

प्रस्थान 7:11

तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके।

प्रस्थान 8:7

जादूगरहरूले पनि त्यसै गरेर मिश्र देशमा भ्यागुताहरू ल्याए।

लेवी 3:17

यो नियम तिमीहरूका सन्तानहरू रहूञ्जेलसम्म सँधै रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”

लेवी 7:26

“चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु।

लेवी 17:10

“इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसंग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।

व्यवस्था 12:23

तर रगत नखाने निधो गर्नुपर्छ। किन? किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन।

व्यवस्था 18:10

आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ।

व्यवस्था 18:11

कुनै मानिसहरूलाई कसैमाथि टुनामुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्।

1 शमूएल 15:23

आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहि मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”

2 राजा 17:17

तिनीहरूले आफ्ना छोरा छोरीहरू आगोमा बलि दिए। तिनीहरूले भविष्यको जानकारी प्राप्तका लागि तंत्र-मंत्र जादू-प्रेत, विद्याको प्रयोग गरे। तिनीहरूले त्यस्तो काम गर्नका लागि आफूलाई बेचे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। तिनीले यस्तो काम परमप्रभुको रीस जगाउनका लागि गरे।

2 राजा 21:6

मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे।मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो।

2 इतिहास 33:6

मनश्शेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेंसीमा होम गरे। मनश्शेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनश्शेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गल्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो।

यर्मिया 10:2

परमप्रभुले यही भन्नुहुन्छ“अन्य जातिहरूबाट आएका मानिसहरू जस्तै नबाँच्। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।

Interlinear

Choose Theme