तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहरूले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायौ अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो।
Cross references
मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोडनु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।
भनें तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खतम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।
परमप्रभुले ती कुराहरू यहूदामा हुनु पर्छ भनी आदेश दिनुभयो। यस प्रकार उहाँले तिनीहरूलाई उहाँको दृष्टिबाट बाहिर गर्नुहुन्छ। उहाँले यस्तो गर्नुभयो किनभने सबै पाप कामहरू मनश्शेले गरेका थिए।
परमप्रभुले यस्तो गर्नुभयो किनभने मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। मनश्शेले यरूशलेमलाई रक्ताम्मे बनाए। र परमप्रभु ती पाप कामहरू क्षमा गर्न तयार थिएनन्।
यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए। उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन् अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।
परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुसरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।
परमेश्वरको यो सन्देश मकहाँ आयो,
उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इस्राएल देशको निम्ति होअन्त्य! अन्त्य आइरहेको छ। सारा देश नष्ट हुनेछ।
किन? किनभने म परमप्रभु हुँ। अनि म त्यही भन्छु, जुन मलाई भन्न मन लाग्छ! अनि त्यही घट्नेछ अनि म घटना काललाई लामो तान्न दिनेछैन। ती विपत्तिहरू चाडैं आउँदैछन् तिम्रो आफ्नो जीवनकाल मानै। विद्रोही मानिसहरू! जब म केही भन्छु त्यो पूरा गरेनै छाडछु।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।
“‘यरूशलेमका मानिसहरू, तिमीहरूले धेरै मानिसहरू मार्यौ। तिमीहरूले अपवित्र मूर्तिहरू बनायौं। तिमीहरू दोषी छौ अनि तिमीहरूलाई दण्ड दिने समय आइसकेको छ। तिम्रो अन्त आइसकेको छ। अन्य राष्ट्रहरूले तिम्रो हाँसो उडाउनेछन्। ती देशहरू तिमीमाथि हाँस्नेछन्।
“‘हेर! यरूशलेममा प्रत्येक शासकले आफूलाई शक्तिशाली बनाएकोछ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मार्न सक्छन्।
“‘यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।
तिनीहरूले व्यभिचारी पाप गरे। तिनीहरूले हत्या जस्तो अपराध गरे। तिनीहरूले वेश्या जस्तो काम गरे, तिनीहरूले आफ्नो अपवित्र मूर्तिहरूको लागि मलाई छोडिदिए। तिनीहरूले तिनीहरूको नानीहरूलाई बलिदान दिए जो मेरा निम्ति जन्माएका थिए। तिनीहरूले आफ्नो मूर्तिहरूलाई भोजन दिनका निम्ति यसो गरे।
“तर धार्मिक मानिसहरूले तिनीहरूको न्याय अपराधी भनी गर्नेछन्। ती स्त्रीहरूलाई तिनीहरूले अपवित्र अनि व्यभिचारिणीहरू भनी न्याय गर्नेछन्। किन? किनकि ओहोला अनि ओहोलिबाले व्यभिचार पाप गरेकाछन् अनि तिनीहरूले जुन स्त्रीहरूको हत्या गरका थिए तिनीहरूको रगतले तिनीहरूको हातहरू कलंकित छन्।”
यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘यो यरूशलेमको निम्ति नराम्रो हुन्छ। यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ। यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ अनि त्यो खियाको दाग जब सम्म हट्दैन त्यो भाँडा शुद्ध हुँदैन् यसकारण मासुको प्रत्येक टुक्रा भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाँऊ। पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!
“तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु?
तिमीहरुले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ। तिमीहरुले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।