Home Bibles लेवी 7:21 · नेपाली बाइबल
लेवी 7:21 · नेपाली बाइबल

“जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”

Cross references

उत्पत्ति 17:14

जुन मानिसको खतना गरिंदैन, त्यसलाई बहिस्कृत गरिनु पर्छ किनभने यो मेरो करार हो जसलाई उनले उल्लंघन गरेको छ।”

प्रस्थान 12:15

यस चाडमा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाडको पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाडमा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ।

प्रस्थान 12:19

सात दिनसम्म तिमीहरूका घरमा कुनै खमीर रहनु हुँदैन। कुनै पनि मानिस चाहे त्यो इस्राएली होस अथवा विदेशी यदि तिनीहरूले यस समयमा खमीर खायो भने उसलाई इस्राएलीको समुदायबाटै अलग्ग गराउनु पर्छ।

प्रस्थान 30:33

यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”

लेवी 5:2

अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्तू पशु अथवा उडने प्राणीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिर्सन्छ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ।

लेवी 5:3

एक जना मानिसले मानिएको अशुद्ध अथवा यस्तो कुनै चीज छुन्छ जसले उसलाई अशुद्ध बनाउँछ तर उसले थाहा पाउँदैन, तर जब त्यस मानिसले यस विषयमा थाहा पाउँछ तब उ दोषी हुनेछ।

लेवी 7:20

तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्‌याउनु पर्छ।

लेवी 7:25

परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग्ग गराउनुपर्छ।

लेवी 7:27

यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।”

लेवी 11:10

नदी अनि समुद्रका सबै प्राणीहरूमा जसको पखेटा अथवा कत्ला हुँदैन त्यसलाई घृणा गर्नु अनि नखानु।

लेवी 11:20

“तिमीहरूले प्रत्येक पंखेटा भएका किराहरूलाई जो घस्रेर हिंड्छन्, खानमा बारेको सम्झनु पर्छ।

लेवी 11:24

निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ।

लेवी 12:1

परमप्रभुले मोशालाई भन्नुभयो,

लेवी 15:1

परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो,

लेवी 17:10

“इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसंग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।

लेवी 17:14

तिनीहरूले किन यस्तो गर्नैपर्छ? किनभने, यदि मासुमा रगत छ, प्राणीमा प्राण अझै विद्यमान छ। यसर्थ म इस्राएलीहरूलाई आदेश दिन्छु तिनीहरूले कुनै मासु खानु हुँदैन जसमा रगत हुन्छ। जुन मानिसले रगत खान्छ, यसलाई छुट्‌याइन्छ।

लेवी 18:29

यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ।

लेवी 19:8

यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

लेवी 20:3

म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु। किन? किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ।

लेवी 22:3

हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्‌याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।

लेवी 22:4

“यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु स्त्राव रोग छ भने ऊ शुद्ध नहोउञ्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ।

लेवी 23:29

“यदि कुनै मानिसले यस दिनमा उपवास बस्न अस्वीकार गरे उसलाई उसका मानिसहरूबाट छुट्‌याउनु पर्छ।

गन्ती 19:11

एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ।

व्यवस्था 14:3

“परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ।

व्यवस्था 14:7

तर ऊँठ, खरायो अथवा भीर खरायो आदि नखाऊ यद्यपि यी पशुहरू उग्राउँछन्, यिनीहरूको खुर दुई भागमा चिरिएको छैन। यसकारण यी पशुहरू शुद्ध तिमीहरूका लागि खानु होइनन्।

व्यवस्था 14:10

तर पानीमा हुने प्राणीहरूमा जसको पंखेटा अनि कत्ला हुँदैन त्यस्ता प्राणी तिमीहरूले खानु हुँदैन कारण त्यो तिमीहरूको निम्ति अशुद्ध खाद्य हो।

व्यवस्था 14:12

तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गरूड, गिद्ध र कालो गिद्ध,

इजकिएल 4:14

त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”

इजकिएल 33:25

“तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु?

Interlinear

Choose Theme