Home Bibles प्रेरित 15:29 · नेपाली बाइबल
प्रेरित 15:29 · नेपाली बाइबल

मूर्तिहरूलाई अर्पण गरिएको खाद्य नखाऊ। रगत नखानु निमोठेर मारिएको पशुहरू नखानु, कुनै प्रकारको पनि यौन पापहरू नगर्नु। यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ। अब हामी बिदा माग्छौं।”

Cross references

लेवी 17:14

तिनीहरूले किन यस्तो गर्नैपर्छ? किनभने, यदि मासुमा रगत छ, प्राणीमा प्राण अझै विद्यमान छ। यसर्थ म इस्राएलीहरूलाई आदेश दिन्छु तिनीहरूले कुनै मासु खानु हुँदैन जसमा रगत हुन्छ। जुन मानिसले रगत खान्छ, यसलाई छुट्‌याइन्छ।

लूका 9:61

अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”

प्रेरित 15:20

बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छःमूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ। कुनै व्यभिचार नगर्। रगत नखाऊ। निमोठेर मारिएका पशुहरू नखाऊ।

प्रेरित 18:21

पावलले विदा लिएर हिंड्ने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए।

प्रेरित 21:25

गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः‘मूर्तिहरूमा चढाएको खाद्य नखानु रगत नखानु निमोठेर मारेका पशू नखानु र कुनै प्रकारको व्यभिचार नगर्नु।”‘

प्रेरित 23:30

मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसंग भएको दोष देखाउन पनि लगाएको छु।

रोमी 14:14

म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।

रोमी 14:20

भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।

1 कोरिन्थी 10:18

इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बलि खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र?

2 कोरिन्थी 11:9

जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिए। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइन। अनि कहिल्यै भार बन्ने छैन पनि।

2 कोरिन्थी 13:11

दाज्यु-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।

1 तिमोथी 5:22

धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।

याकूब 1:27

पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।

1 यूहन्ना 5:21

यसर्थ प्रिय बालकहरु! तिमीहरु स्वयंलाई झूटो देवताहरुबाट टाढा राख। 

यहूदा 1:20

तर प्रिय मित्रहरु, तिमीहरु स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरुका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर।

यहूदा 1:24

परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरुलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ।

प्रकाश 2:14

“तर तिमीहरुका विरुद्ध मेरा केही कुराहरु छन् तिमीहरुको समुदायमा केही मानिसहरु छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरुलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालकलाई सिकाए।

प्रकाश 2:20

तर तिमीहरु विरुद्ध मसंग यो कुरा छ तिमीहरुले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की उ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरुलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरुलाई यौन पाप गर्न अनि मूर्तिहरु अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे।

Interlinear

Choose Theme