Home Bibles ☰ Books इजकिएल 30:9 · नेपाली बाइबल
इजकिएल 30:9 · नेपाली बाइबल

त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कूशको नराम्रो खबर पुर्याउन जान्छ। कूश अब आफूलाई सुरक्षित सम्झन थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कूशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदैछ।

Cross references

न्यायकर्ता 18:7

यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।

यशैया 18:1

कूश देशसंग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन; तिनीहरूले चलाएको पखेटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ।

यशैया 19:17

यहूदा देशले सारा मिश्रका मानिसहरूको लागि डराउने ठाउँ हुनेछ। यहूदाको नाउँ सुन्ने बित्तिकै मिश्रका मानिसहरू र्तसिनेछन्। यस्तो हुने नै छ किनभने सेनाहरूका परमप्रभुले मिश्रमा त्यस्तो घटना घटोस, भनेर योजना गर्नु भएको हो।

यशैया 20:3

तब परमप्रभले भन्नुभयो, “यशैया तीन वर्ष सम्म त्यसरी नै निवस्त्र र खाली खुट्टा हिंडे। यो मिश्र र कूशदेशको चिह्न हो।

यशैया 20:5

मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”

यशैया 23:5

मिश्रले सोरको बारेमा खबर सुन्ने छ। यो खबरले मिश्रलाई घात गर्दै दुखी पार्नेछ।

यशैया 32:9

तिमीहरू माझ कतिपय स्त्रीहरूलाई अहिले शान्ति छ। तिमीहरूले सुरक्षित अनुभव गरिरहेका छौ। तर तिमीहरूले उभिएर मैले भनेका कुराहरू सुन्नु पर्छ।

यशैया 47:8

यसकारण अब, ‘विलासी स्त्री’ ध्यान दिएर सुन! तिमी सुरक्षित अनुभव गर र आफैलाई भन, ‘म मात्र प्रमुख मानिस हुँ। म जस्तो प्रमुख अन्य कोही पनि छैन्। म कहिल्यै पनि विधवा हुने छैन्। मसँग सँधै नानीहरू हुनेछन्।’

यर्मिया 49:21

एदोमका पतनको आवाजले पृथ्वी थर्किनेछ। तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ।

यर्मिया 49:31

“एउटा देश छ जसले आफू सुरक्षित छु भन्ने सम्झन्छ। तिमीहरूको न कुनै फाटक छ न त बार नै छ। तिनीहरू एक्लो बस्छन्। यसकारण उठ अनि तिनीहरूमाथि जाई लाग।”

इजकिएल 24:14

म परमप्रभु हुँ। मैले भनें, तिमीले दण्ड पाउनेछौ, अनि म यो गराउँछु। म दण्ड रोक्ने छैन। म तिम्रो निम्ति दुखीत हुने छैन। म तिमीलाई अपवित्र कामहरूको निम्ति दण्ड दिन्छु, जो तिमीले गर्यौ।’ परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।”

इजकिएल 26:16

तब समुद्र किनारका देशहरूका सबै शासकहरू आफ्नो सिंहासनबाट उत्रेर आफ्नो दुख प्रकट गर्नेछन्। तिनीहरूले आफ्नो विशेष पोशाक फुकाल्छन्। तिनीहरूले आफ्नो सुन्दर लुगाहरू खोल्छन्। त्यसपछि तिनीहरूले तिनीहरूको काम्ने (पाटको) लुगा लगाउँछन्। तिनीहरू जमीनमा बस्छन् अनि डरले काम्छन्। तिनीहरू तिमी यति चाँडै ध्वंश भएकोमा आघात हुनेछन।

इजकिएल 27:35

समुद्र किनारमा बस्ने सबै मानिसहरू तिम्रा निम्ति शोक-ग्रस्त छन्। तिनीहरूको राजा भयांनक रूपसँग डराउँछन् तिनीहरूको अनुहारमा आघात देखिदैंछ।

इजकिएल 30:4

मिश्रको विरूद्धमा एउटा तरवार चलाइनेछा कूशका मानिसहरू डरले काम्नेछन्! जब त्यहाँ मिश्रको पतन हुन्छ बाबेलका सेनाले मिश्रका मानिसहरूलाई बन्दी जस्तै टाडा लगेर जानेछन्। कैदीहरू जस्तै पारेर टाडा लानेछन्। मिश्रको जगहरू भत्काइनेछन्।

Interlinear

Choose Theme