“अनि जब म तिमी टुक्रिएका टुक्राहरू अन्य राष्ट्रहरू र देशहरूमा जुन तिमी चिन्दैनौ ल्याउनेछु, धैरे मानिसहरूको हृदयमा कष्ट पुराइदिनेछु।
Cross references
“अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।
परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।
म मिश्रदेशलाई उजाड भूमि बनाइदिनेछु अनि तिनीहरूको शहरहरू चालीस वर्ष सम्म ध्वंश बस्नेछ। म मिश्रबासीलाई जाति-जातिहरूमा तितर-बितर पारिदिन्छु। तिनीहरूलाई म विदेशमा वास बस्ने बनाई दिन्छु।”
म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु।
म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
संसारका राष्ट्रहरु क्रोधित थिए, तर अब तपाईंको क्रोधित हुने समय हो। अब, मृत मानिसहरुको न्याय गर्ने समय हो। अब, तपाईंका सेवकहरु अनि अगमवक्ताहरुलाई पुरस्कृत गर्ने समय हो, अनि तपाईंको पवित्र मानिसहरुलाई पुरस्कृत गर्ने समय हो, ती ठूला अनि साना मानिसहरु जो तपाईंलाई सम्मान गर्छन्। यो ती मानिसहरुलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”
ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन्‘हे! शक्तिशाली नगर बेबिलोन! दुखै दुख होस् तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’