कूश देशसंग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन; तिनीहरूले चलाएको पखेटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ।
Cross references
तिमीले गरेका सबै असल कुराको निम्ति परमप्रभुले तिमीलाई पुरष्कृत तुल्याउनु हुनेछ। इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई प्रशस्त दिनुहुनेछ। तिमी उहाँ कहाँ सुरक्षाको निम्ति आयौ अनि उहाँले तिम्रो सुरक्षा गर्नु हुनेछ।”
अश्शूरका राजाले कूशका तिर्हाकाको विषयमा एउटा कुखबर सुने। खबर थियो, “तिर्हाका तिम्रो विरोधमा लडाइँ गर्न आएको छ।”यसकारण अश्शूरका राजाले हिजकियाहकहाँ फेरी राजदूत पठाए। अश्शूरका राजाले ती राजदूतहरूलाई एउटा सन्देश दिनु भनी पठाए। उनले यी कुराहरू भनेः
तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्। तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन। मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
हे परमेश्वर, मप्रति कृपालु हुनु होस्। दयावान हुनुहोस् किनभने म तपाईंको शरणमा आएकोछु। जबसम्म कष्ट हराँउदैन म तपाईंको संरक्षणमा छु।
म तपाईंको पालमा सदा सर्वदा रहन चाहन्छु। म तपाईंको शरणमा लुक्न चाहन्छु।
तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो! म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ। उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ जसरी एउटा चराले आफ्ना पखेटाहरू फिंजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।
तब परमप्रभले भन्नुभयो, “यशैया तीन वर्ष सम्म त्यसरी नै निवस्त्र र खाली खुट्टा हिंडे। यो मिश्र र कूशदेशको चिह्न हो।
ती केटा-केटीहरू सहायता माग्नलाई मिश्रतिर झर्दैछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माँगेनन्। तिनीहरूले आशा गर्छन कि मसँग फिरऊनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरोस् भन्ने चाहन्छन्।
मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।
मिश्रको विरूद्धमा एउटा तरवार चलाइनेछा कूशका मानिसहरू डरले काम्नेछन्! जब त्यहाँ मिश्रको पतन हुन्छ बाबेलका सेनाले मिश्रका मानिसहरूलाई बन्दी जस्तै टाडा लगेर जानेछन्। कैदीहरू जस्तै पारेर टाडा लानेछन्। मिश्रको जगहरू भत्काइनेछन्।
त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कूशको नराम्रो खबर पुर्याउन जान्छ। कूश अब आफूलाई सुरक्षित सम्झन थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कूशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदैछ।
हे कुशका मानिसहरू! यी कुराहरू बुझ कारण तिमीहरू पनि परमप्रभुको तरवारले काटिनेछौ।
मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।
“हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।