Home Bibles न्यायकर्ता 18:7 · नेपाली बाइबल
न्यायकर्ता 18:7 · नेपाली बाइबल

यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।

Cross references

यहोशू 19:47

तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।

न्यायकर्ता 18:27

यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्वमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्वमणको अपेक्षा गरेका थिएनन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिदिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।

न्यायकर्ता 18:29

दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।

1 शमूएल 3:13

मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैंको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्।

1 राजा 1:6

राजा दाऊदले आफ्नो छोरालाई कहिल्यै सपारेनन्। उसले उनलाई कहिल्यै सोधेनन्, “तैंले किन यस्तो व्यवहार गर्दैछस्?”

1 इतिहास 4:40

तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।

रोमी 13:3

ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।

1 पत्रुस 2:14

अनि राज्यपालहरुको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरु पठाइएका हुन्।

प्रकाश 18:7

त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई। उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ। उ आफैले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ। म विधुवा होइन, मैले कहिल्यै दुख अनुभव गरिन।’

Interlinear

Choose Theme