मिश्रले सोरको बारेमा खबर सुन्ने छ। यो खबरले मिश्रलाई घात गर्दै दुखी पार्नेछ।
Cross references
“अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।
राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।
त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।
परमप्रभु मेरो मालिक टायरसित यसो भन्नुहुन्छ, “तिम्रो पतनको आवाजले समुद्र किनारका भूमिहरू हल्लिनेछन्। यो त्यस बेला हुनेछ जब तिम्रो चोट लागेका मानिसहरूले कष्टको स्वर निकाल्नेछन अनि मर्छन्।
जहाजीहरू अनि चालकहरू सबैले तिम्रो जहाज छोड्नेछन् अनि समुद्रको किनारमा उभिनेछन।
अरू देशको सबै मानिसहरू, तिमीमाथि जे घट्यो, त्यसको लागि शोक ग्रस्त थिए। तिमीमाथि जे घट्यो त्यो देखेर मानिसहरू भयभीत भए। तिमी अन्त भयौ।”‘
यी सबै वैभवहरु घण्टा भरमा ध्वंस भयो।’“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरु जो जहाजमा यात्रा गर्छन्, नाविकहरु अनि सम्पूर्ण मानिसहरु जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढ्ढै रहे।