यसकारण मैले तिमीलाई दण्ड दिएँ। मैले तिमीलाई दिएको जमीनको एक भाग लिएँ। मैले तिमीलाई तिनीहरूको हातमा सुम्पिदिएँ जसले तिमीलाई घृणा गर्छन्। तिम्रो ब्यावहारले गर्दा पलिश्तीहरूका छोरीहरू पनि लज्जित भए।
Cross references
यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुञ्जेलसम्म हटाउन सकनेछैनौ।
परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्न पठाउनुभयो।
पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।
परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो। शत्रुहरूले नै उनीहरूमा राज गरोस-भनेर उहाँले छोडी दिनुभयो।
मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।
यसैले परमप्रभु आफ्ना मानिसहरूसित एकदमै क्रोधित हुनुभएको छ। अनि परमप्रभुले आफ्ना हातहरू उचाउल्नु हुनेछ, अनि तिनीहरूलाई दण्ड दिनु हुनेछ। उहाँ यति क्रोधित हुनु हुनेछ कि पर्वतहरू सम्म काम्नेछन्। मरेका लाशहरू गोरेटोहरूमा फोहोर मैलो जस्तै हुनेछन्। तब पनि परमेश्वर क्रोधित रहनुहुनेछ। उहाँका हातहरू अझै मानिसहरूलाई दण्ड दिन उचालिएकै हुनेछन्।
परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।
सम्पूर्ण मानिसहरू दुष्टछन्। यसैले युवावर्गसंग परमप्रभु प्रसन्न हुनुहुन्न्। अनि तिनीहरूका विधवाहरू र टुहरा-टुहरीहरूप्रति परमप्रभु दया दर्शाउनु हुन्न। किन? किनभने सारा मानिसहरू दुष्ट र पापी छन्। तिनीहरू परमेश्वरकै विरूद्ध काम गर्छन्। तिनीहरू झूट बोल्छन यसैले परमेश्वर ती मानिसहरूसंग रिसाएको रहेकै हुनुहुन्छ। परमेश्वर ती मानिसहरूलाई दण्ड दिनलाई अहिले पनि तयार नै हुनुहुन्छ।
म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।
यरूशलेमका मानिसहरूले मेरो नियमहरू र विधिहरू प्रति विद्रोह गरे। तिनीहरू अन्य कुनै पनि राष्ट्र भन्दा एकदमै नराम्रो छन्। तिनीहरूले मेरो नियमहरू त्यति ज्यादा विरोध गरे जति चारैतिरको अन्य देशहरूले विरोध गरेनन्। तिनीहरूले मेरो आदेशहरू सुन्नु अस्वीकार गरिदिए। तिनीहरूले मेरो विधिहरू र विधानहरू पालन गरेनन्।”
यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि उ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु।
यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्।
तिमीले त्यो सबै डरलाग्दा पाप काम गर्यौ जुन तिनीहरूले गरे। तर तिमीले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गरेको भन्दा नराम्रो थियो।
तिमीलाई सजाय दिनु भन्दा पहिला आफ्नो छिमेकीहरूद्वारा हाँसो उडाउँन शुरू गर्नु भन्दा पहिला तिमीले त्यो गरेकी थियौ। एदोमको छोरीहरू तथा पलिश्तीले अहिले तिम्रो हाँसो उडाइरहेकाछन्।
यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्।
म तिमीहरूलाई मेरो इर्ष्या शक्ति तिमीहरूको विरूद्ध देखाउनेछु। तिनीहरू अत्यन्तै क्रोधित हुनेछन् अनि तिमीहरूलाई चोट पुर्याउनेछन्। तिनीहरूले तिम्रो नाक अनि कान काट्नेछन्। तिनीहरूले तिमीहरूलाई तरवारले मार्नेछन्। त्यसपछि तिनीहरूले तिम्रो नानीहरू लिएर जानेछन् अनि तिनीहरूले ती नानीहरू जलाई दिनेछन्।
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म तिमीलाई ती मानिसहरूको हातमा दिँदैछु जसलाई तिमीले घृणा गर्छौ। म तिमीलाई ती मानिसहरूको हातमा दिन्छु जसलाई तिमीले घृणा गर्न थालेको थियौ।
परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो, “मानिसहरूलाई एकै ठाउँमा भेला गर। त्यसपछि तिनीहरूले ओहोला अनि ओहोलिबालाई सजाय दिनेछन्। मानिसहरूको त्यो समूहले ती दुइ स्त्रीहरूलाई दण्ड दिनेछन् तथा तिनीहरूको हाँसो उडाउँनेछन्।
यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन भनेर ती सब दिएको थिएँ।
त्यो पशु अनि दश सिङ्गेहरु जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरुले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरुले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्।