परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म तिमीलाई ती मानिसहरूको हातमा दिँदैछु जसलाई तिमीले घृणा गर्छौ। म तिमीलाई ती मानिसहरूको हातमा दिन्छु जसलाई तिमीले घृणा गर्न थालेको थियौ।
Cross references
यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’
“तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्।
यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ।
यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्।
यसकारण बाबेलवासीहरू त्यसको ओछ्यानमा सहवास गर्न आए र आफ्नो कामवासनाले त्यसलाई अशुद्ध पारे। तिनीहरूबाट भ्रष्ट भए पछि वाक्क भएर त्यसको मन तिनीहरू देखि हट्यो।
यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्।