Home Bibles इजकिएल 23:46 · नेपाली बाइबल
इजकिएल 23:46 · नेपाली बाइबल

परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो, “मानिसहरूलाई एकै ठाउँमा भेला गर। त्यसपछि तिनीहरूले ओहोला अनि ओहोलिबालाई सजाय दिनेछन्। मानिसहरूको त्यो समूहले ती दुइ स्त्रीहरूलाई दण्ड दिनेछन् तथा तिनीहरूको हाँसो उडाउँनेछन्।

Cross references

यर्मिया 15:4

यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’

यर्मिया 17:3

म मेरो पहाड, तिमीहरूका सम्पत्ति अनि मूल्यवान वस्तुहरू लूटेको समान झैं अरूलाई दिनेछु। तिमीहरूले तिमीहरूको सम्पूर्ण देशमा पापको दाम स्वरूप म ती चीजहरू दिनेछु।

यर्मिया 24:9

“म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु।

यर्मिया 25:9

यसकारण म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूखा मरूभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।”

यर्मिया 34:17

“यसकारण परमप्रभु भन्नुहुन्छ “तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई “मुक्ति” घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।

इजकिएल 16:40

तिनीहरूले आफूसँग विशाल जनसमूह लिएर आउनेछ, अनि तिमीलाई मार्नका निम्ति ढुङ्गा हान्नेछन् त्यसपछि तिमीलाई टुक्रा-टुक्रा पार्नेछन्।

इजकिएल 23:22

यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्।

Interlinear

Choose Theme