तब सिंहासनमा बस्ने मानिसले मिहिन सूती लुगा लगाएको मानिससित भन्नुभयो, “करूब स्वर्गदूतको मुनि रहेको पाङ्ग्राहरूको माझमा आऊ। करूब स्वर्गदूतको बीचबाट जलिरहेको कोइला हातमा लेऊ। जल्दै गरेको कोइलाहरू लैजाऊ अनि तिनीहरूलाई यरूशलेमको शहरमाथि फ्याँकिदेऊ।”मैले हेरिरहेको थिए मानिस भित्र गयो।
Cross references
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “चुल्हाको खरानी हत्केलाभरी लेऊ। मोशा, फिरऊन अधि त्यो खरानी हावामा उडाईदेऊ।
“अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।
नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।
त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए!
जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्, मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस् तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस् ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।
वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए।
परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।
“तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्।
हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो। यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो।
जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो।
तब मैले छ जना मानिसहरू माथिल्लो ढोकाबाट सडकमा आउँदै गरेको देखें। त्यो ढोका उत्तरपट्टि थियो। प्रत्येक मानिसले आफैलाई नाश गर्ने हतियार आ-आफ्नो हातमा लिएका थिए। ती मानिसहरू मध्ये एक जनाले सूती लुगा लगाएको थियो। उसले कम्मरमा मसीदानी भिरेको थियो। तिनीहरू मन्दिरभित्र गएर काँसाको वेदीको छेउमा उभिए।
तब सूती लुगा लगाए र लेखकको लेख्ने साधनहरू लिने मानिस बोल्यो। उसले भन्यो, “मैले त्यो गरे जुन तपाईंले आज्ञा दिनु भएको थियो।”
करूब स्वर्गदूतले आफ्नो हात पसारे अनि करूब स्वर्गदूतको क्षेत्रको बीचमा बल्दै गरेको अलिकति कोइला लिएर गयो। उसले त्यो कोइला त्यस मानिसको हातमा राखिदियो।
तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बदली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पखेटा खोलेर हावामा उडेनन्।
नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ।
यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘हत्याराहरूले भरिएको यो शहरमा नराम्रो हुनेछ। म आगोको लागि दाउराको थुप्रो लगाई दिन्छु।
त्यसपछि स्वर्गदूतले बेदीको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी बेदिको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी पृथ्वीमा फ्याँके। तब त्याहँ बिजुली चम्क्यो, गर्जनको आवाजहरु आयो अनि भूइँचालो गयो।