त्यसपछि स्वर्गदूतले बेदीको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी बेदिको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी पृथ्वीमा फ्याँके। तब त्याहँ बिजुली चम्क्यो, गर्जनको आवाजहरु आयो अनि भूइँचालो गयो।
Cross references
त्यसपछि परमप्रभुको अघि वेदीबाट हारूनले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिंधेको दुई मुठ्ठी सुगन्धित धूप ल्याउनुपर्छ।
हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिए, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो।
तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूइँचालो शुरू भयो तर त्यो भूइँचालोमा पनि परमप्रभु हुनुहुन्न थियो।
परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए।
सेनाहरूका परमप्रभुले तिमीहरूलाई भूईंचालो, बज्रपात र डरलाग्दो होहल्लाद्वारा दण्ड दिनु हुन्छ। भुवँरी, आँधी-बेरी र आगो थिए, जेले जलाउँछन अनि नष्ट पार्छ।
परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।
सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनु पर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ।
तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँचै आनन्दित तुल्याउनेछ। तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ। परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्, तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।
काँडहरू तीखो पार। ढालहरू लगाऊ। परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ। उहाँले तिनीहरूलाई उस्काउनु भयो किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ। परमप्रभुले बाबेलका मानिसहरूलाई त्यो दण्ड दिनु हुनेछ जसको लागि तिनीहरू योग्यका छन्। बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए। यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।
तब सिंहासनमा बस्ने मानिसले मिहिन सूती लुगा लगाएको मानिससित भन्नुभयो, “करूब स्वर्गदूतको मुनि रहेको पाङ्ग्राहरूको माझमा आऊ। करूब स्वर्गदूतको बीचबाट जलिरहेको कोइला हातमा लेऊ। जल्दै गरेको कोइलाहरू लैजाऊ अनि तिनीहरूलाई यरूशलेमको शहरमाथि फ्याँकिदेऊ।”मैले हेरिरहेको थिए मानिस भित्र गयो।
अनि तिमी पर्वतका भञ्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।
किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ।
चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।