Home Bibles इजकिएल 10:3 · नेपाली बाइबल
इजकिएल 10:3 · नेपाली बाइबल

जब त्यो मानिस भित्र पस्यो करूब स्वर्गदूत त्यस समय मन्दिरको दक्षिणपट्टि उभिरहेको थियो, भित्री चोक बादलले भरियो।

Cross references

प्रस्थान 25:18

“अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।

इजकिएल 8:16

तब उहाँले मलाई परमप्रभुको मन्दिरको भित्री चोकमा लिएर जानुभयो। त्यस ठाउँमा मैले पच्चीस जना मानिसहरू तल निहुरेर पूजा गर्दै गरेको देखें। त्यो दलान अनि वेदीको बीचमा थियो। तर तिनीहरू गलत दिशातिर फर्केर उभिएका थिए। तिनीहरूको ढाड पवित्रस्थान पट्टि थियो। तिनीहरू सूर्यको पूजा गर्नका निम्ति तल निहुरिएका थिए!

इजकिएल 9:3

तब इस्राएलका परमेश्वरको महिमा करूब स्वर्गदूतहरू कहाँ गयो जहाँ उहाँ हुनुहुन्थ्यो। तब महिमा मन्दिरको ढोकामा गयो। जब त्यो संघारमा उभियो तब महिमाले जसले सूतीको लुगा लगाएर लेखेको लेख्ने साधानहरू लिएको थियो त्यस मानिसलाई बोलायो।

इजकिएल 43:4

परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो।

Interlinear

Choose Theme