करूब स्वर्गदूतले आफ्नो हात पसारे अनि करूब स्वर्गदूतको क्षेत्रको बीचमा बल्दै गरेको अलिकति कोइला लिएर गयो। उसले त्यो कोइला त्यस मानिसको हातमा राखिदियो।
Cross references
हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो। यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो।
परमेश्वरले मिहिन सूतीको लुगा लगाउने मानिसलाई आज्ञा दिनुभयो। परमेश्वरले उसलाई पाङ्ग्राहरूको बीचमा जाने आज्ञा दिनुभयो अनि करूब स्वर्गदूतको मुनिबाट बल्दै गरेको कोइला ल्याउन लगाउनु भयो। यसकारण ऊ पाङ्ग्राहरूको बीचमा पस्यो अनि पाङ्ग्राहरू मध्ये एउटा पाङ्ग्राको छेउमा उभियो।
बाहिर पवित्र स्थान अनि महापवित्र स्थानको दुइपाटे द्वार थियो।
मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्।
जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।
म तिमीहरूलाई साँचो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्।