Home Bibles प्रस्थान 8:22 · नेपाली बाइबल
प्रस्थान 8:22 · नेपाली बाइबल

तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु।

Cross references

उत्पत्ति 46:34

तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।’

प्रस्थान 7:17

यसर्थ परमप्रभु भन्नुहुन्छ उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउनेछु र नदी रगतमा परिवर्तन हुनेछ।

प्रस्थान 8:10

फिरऊनले भने, “भोलिसम्म।”मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन,

प्रस्थान 9:4

परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्।

प्रस्थान 9:6

परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्।

प्रस्थान 9:26

असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे।

प्रस्थान 9:29

मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसंगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ।

प्रस्थान 10:23

त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन।

प्रस्थान 11:6

मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःख पूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन।

प्रस्थान 12:13

तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।

भजनसंग्रह 74:12

हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ, तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ।

भजनसंग्रह 110:2

परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुेनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!

इजकिएल 30:19

यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”‘

मलाकी 3:18

मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।

Interlinear

Choose Theme