मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःख पूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन।
Cross references
मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए।परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरदस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु।
यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन।
त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याँउदै रोए।
यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो। यति सम्म कि सिपाहीहरू र्तसिए। सिपाहीहरू डरले थरथर कामिरहेछन्।
मोआबभरि रोएको सुन्न सकिन्छ। अनि मानिसहरू बीर-एलीम र एग्लको शहरमा रोइरहेकाछन्।
त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।
परमप्रभु भन्नुहुन्छ “रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो। राहेल आफ्ना नानीहरूका लागि रूनेछिन राहेललाई सान्त्वना दिनु सकिदैन किनभने उनका नानीहरू मरेका छन्।”
मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।
मानिसहरु दाखका सबै खेतहरुमा रूनेछन्। किन? किनकि तिमीहरुको धार्मिक मण्डलीबाट जानेछु र तिमीहरुलाई दण्ड दिनेछु” परमप्रभु यसो भन्नु हुनछ।
परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।
तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ।
मानिसहरुले पर्वत अनि चट्टानहरुलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडाको पाठाको क्रोधबाट बचाऊ।
तिनीहरुले त्यो जलेको धुवाँ देखे। तिनीहरुले ठूलो स्वरमा भने, “यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!”