परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुेनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
Cross references
परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।”
तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई आफ्नो टेक्ने लहुरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुताहरू बाहिर जमीनमा निस्कनेछन्।”
यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
किन? किनभने परमप्रभु नै राजा हुनुहुन्छ। उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन् जसले गर्दा मानिसहरू तिम्रै सम्मुख भूइँमा लड्ने छन्।
उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
धेरै मानिसहरू त्यहाँ जानेछन्। तिनीहरूले भन्नेछन् “आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊँ, माथि याकूबको परमेश्वरको मन्दिरमा। अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ। अनि हामीले उहाँलाई पछ्याउनेछौं।”परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ।
मोआबका वरिपरि बस्ने मानिसहरू तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ। तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ। यसर्थ त्यसको लागि रूनु ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’
विशाल हाँगामा आगो फैलियो, आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो। यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन। कुनै राजाको राजदण्ड थिएन।’यो मृत्युको बारेमा दुखको गीत थियो अनि यो मृत्युको बारेमा दुखको गीतको रूपमा गाइयो।”
त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सँघारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो।
“मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो।
धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
यसकारण आफ्नो राजदण्डले तिमी शासन गर। तिमी ती वथानहरुलाई शासन गर जुन तिम्रो आफ्नो हो। मानिसको वथान कर्मेलको पहाडमा एकलै बस्थे। यो बथान बाशानमा छ अनि गिलादमा छ जसरि त्यो पहिला बसेको थियो।
येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।
दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैले भनेः‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने त10र्फ बस,
म सुसमाचारसंग शर्माउनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ।
तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो।
हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बिलयो दुर्ग समेत नाश पार्न सक्छ। हामी मानिसहरूका र्तकहरू नाश गर्छौं।
तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैं परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं।
यो तिनीहरुलाई देखाइयो कि जुन सेवा तिनीहरुले गरे तिनीहरु स्वयंका निम्ति होइन। ती अगमवक्ताहरुले तिमीहरुको सेवा गरिरहेका थिए जब तिनीहरुले यो कुराको विषयमा भने जो अहिले तिमीहरुले सुन्यौ। तिनीहरु जसले तिमीहरुलाई सुसमाचार प्रचार गरे तिमीहरुलाई ती कुराहरु भने। तिनीहरुले तिमीहरुलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरु ती कुराहरु हुन जुन स्वर्गदूतहरु पनि जान्न उत्सुक छन्।