Home Bibles प्रस्थान 8:10 · नेपाली बाइबल
प्रस्थान 8:10 · नेपाली बाइबल

फिरऊनले भने, “भोलिसम्म।”मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन,

Cross references

प्रस्थान 9:14

यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन।

प्रस्थान 9:29

मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसंगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ।

प्रस्थान 15:11

“के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।

व्यवस्था 4:35

परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।

व्यवस्था 32:31

हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन शत्रुहरूलाई पनि यो थाहा छ।

व्यवस्था 33:26

“यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।

2 शमूएल 7:22

परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्यौ।

1 इतिहास 17:20

हे परमप्रभु तपाई जस्तो अन्य कोही हुने छैन। तपाई बाहेक अन्य ईश्वर छैन। हामीले कहिले पनि कुनै ईश्वरले यस्तो अद्भुत कार्य गरेको सुनेका छैनौ।

भजनसंग्रह 9:16

परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

भजनसंग्रह 83:18

तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्। तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन् तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्। सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।

भजनसंग्रह 86:8

हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन। तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।

भजनसंग्रह 89:6

किनकि आकाशमा परमेश्‍वरको तुलना कोसँग गर्न सकिन्‍छ? स्‍वर्गीय प्राणीहरूमध्‍ये को परमप्रभुको समान छ।

हितोपदेश 27:1

तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।

यशैया 40:25

परमपवित्र परमेश्वरले भन्नुहुन्छ “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह। मेरो बराबर कोही पनि छैन।

यशैया 46:9

त्यो धेरै र्बष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्।

यर्मिया 10:6

हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन! तपाईं महान हुनुहुन्छ अनि तपाईंको नाउँ महान र शक्तिशाली छ।

याकूब 4:14

भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।

Interlinear

Choose Theme