Home Bibles ☰ Books प्रस्थान 10:23 · नेपाली बाइबल
प्रस्थान 10:23 · नेपाली बाइबल

त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन।

Cross references

प्रस्थान 7:25

परमप्रभुले नील नदीलाई परिणत गरेपछि सात दिन बित्यो,

प्रस्थान 8:18

यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे।

प्रस्थान 8:19

यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।

प्रस्थान 8:22

तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु।

प्रस्थान 9:4

परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्।

प्रस्थान 9:26

असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे।

प्रस्थान 14:20

यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।

यहोशू 24:7

यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरें। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरें। म परमप्रभुले तिनीहरूलाई समुद्र छोप्न बनाएँ। मैले मिश्रका सेनालाई जे गरें त्यो त तिमीहरू आफैंले देख्यौ।त्यसपछि, तिमीहरू लामो समयसम्म मरूभूमिमा बस्यौ।

यशैया 42:16

तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु। म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।

यशैया 60:1

“मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।

यशैया 65:13

यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। “मेरा दासहरूले खानेछन्। तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ। मेरा दासहरूले पिउनेछन् तर दुष्ट मानिसहरू तिर्खाउनेछन्। मेरा दासहरू खुशी हुनेछन्, तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।

मलाकी 3:18

मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।

कलस्सी 1:13

अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।

1 पत्रुस 2:9

तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।

Interlinear

Choose Theme