“पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।
Cross references
“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।
त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।
तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।
उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।
त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढाउनलाई टेबल हुन्थे।
पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जातिञ्जेल त्यहाँ थियो हाम्रा निम्ति महा पवित्र स्थान खुल्ला हुँदैन थियो।