Home Bibles ☰ Books प्रस्थान 26:36 · नेपाली बाइबल
प्रस्थान 26:36 · नेपाली बाइबल

“निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ।

Cross references

प्रस्थान 26:31

“निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार।

प्रस्थान 27:16

“आँगनको प्रवेशद्वार ढाक्नको निम्ति बीस हात लामो निलो, बैजनी र रातो धागोले मसिनो बुनेको सुती कपडाको पर्दा लगाऊ। पर्दामा बेलबुट्टा काढेर नक्सा बनाउनु पर्छ। त्यस पर्दाको निम्ति चारवटा डण्डाहरू र चारवटा आधारहरू लगाउनु पर्छ।

प्रस्थान 28:15

“प्रधान पूजाहारीका निम्ति एपोद बनाउने निपुण शिल्पकारहरूले न्यायको थैली बनाउनु पर्छ। यस्तो थैली बनाउँदा पनि ती शिल्पकारहरूले सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा अनि निलो, बैजनी र राता धागाहरू प्रयोग गर्नु पर्छ।

प्रस्थान 35:11

पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू,

प्रस्थान 35:15

धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा,

प्रस्थान 36:37

त्यसपछि पवित्र पालको प्रवेशद्वार ढाक्न तिनीहरूले पर्दा बनाए। यस पर्दाको निम्ति मिहीन सूती अनि निलो, बैजनी अनि रातो धागो प्रयोग गरे र पर्दामा नक्शा सिलाए।

प्रस्थान 39:33

तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खाम्बाहरू। तिनीहरूले मोशालाई पाल छोप्न रातो रङ्गाले रङ्गाएको भेडाको छालाले बनाएको छत देखाए।

प्रस्थान 40:5

धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।

प्रस्थान 40:28

तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।

गन्ती 3:25

भेट हुने पालमा गेर्शोनी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो।

गन्ती 9:15

पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो।

2 शमूएल 7:6

इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैं पालमै थिएँ। पाल नै मेरो घर थियो।

भजनसंग्रह 78:60

उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।

यूहन्ना 10:9

म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ।

Interlinear

Choose Theme