Home Bibles हिब्रू 9:2 · नेपाली बाइबल
हिब्रू 9:2 · नेपाली बाइबल

त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढाउनलाई टेबल हुन्थे।

Cross references

प्रस्थान 25:8

परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।

प्रस्थान 25:23

“दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।

प्रस्थान 26:33

करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुट्टाउँछ।

प्रस्थान 26:35

“पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।

प्रस्थान 29:1

त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “हारून र तिनका छोराहरूले आफू पूजाहारी भई विशेष रूपमा मेरो सेवा कसरी गर्नु पर्छ भनी तिमीले देखाउनको निम्ति के गर्नु पर्छ म तिमीलाई अब भन्नेछु। तिमीले निष्खोट एउटा बाछा र दुइवटा भेडाको पाठाहरू जोगाड गर।

प्रस्थान 29:35

“तिमीहरूले यी सबै चीजहरू हारून र उसका छोराहरूको निम्ति मैले तिमीहरूलाई आदेश गरे जस्तै गर्नु पर्छ। तिनीहरूका पूजाहारी नियुक्ती को उत्सव लगातार सात दिनसम्म चल्नु पर्छ।

प्रस्थान 36:8

तब निपुण कर्मीहरूले पवित्र पाल निर्माण गर्न शुरू गरे। तिनीहरूले मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोहरू बाट दशवटा पर्दाहरू बनाए। तिनीहरूले प्रत्येक पर्दाहरूमाथि करूब स्वर्गदूतको बुट्टा बनाए।

प्रस्थान 37:10

बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो।

प्रस्थान 39:32

परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेट हुने पाल निर्माण समाप्त गरे।

प्रस्थान 39:36

तिनीहरूले उनलाई टेबल अनि यसको सबै भाँडा बर्तनहरू र विशेष रोटी पनि देखाए।

प्रस्थान 40:2

“पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ।

प्रस्थान 40:4

त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।

प्रस्थान 40:18

मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए।

प्रस्थान 40:22

तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।

लेवी 24:5

“मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ।

Interlinear

Choose Theme