त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।
Cross references
“दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।
“पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।
“भद्राक्षको शुद्ध तेल ल्याई निरन्तर दियाहरू बाल्न इस्राएलीहरूलाई आदेश देऊ।
बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो।
तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।
“मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ।
प्रत्येक विश्रामको दिन हारूनले परमप्रभुअघि यसरी रोटी राखुन्। इस्राएलका मानिसहरूको निम्ति यो करार सधैंको निम्ति रहनेछ।