Home Bibles ☰ Books प्रस्थान 25:31 · नेपाली बाइबल
प्रस्थान 25:31 · नेपाली बाइबल

“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।

Cross references

प्रस्थान 31:8

टेबल अनि त्यसका सबै सामानहरू, सामदान र यसका सबै सामानहरू, धूप जलाउने वेदी,

प्रस्थान 35:14

बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ।

प्रस्थान 37:17

त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे।

प्रस्थान 37:22

सबै फूल सामदानका, हागाहरू शुद्ध सुनबाट बनाए। यी सबै भाग एउटै बनाउनलाई संगै जोडिएका थिए।

प्रस्थान 39:37

तिनीहरूले मोशालाई शुद्ध सुनले बनिएको सामदान दियोहरू, सामदानको निम्ति प्रयोग गरिने सबै सामानहरू अनि बत्तीहरू बाल्नको निम्ति तेल देखाए।

प्रस्थान 40:24

उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।

गन्ती 4:10

त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखुन्।

गन्ती 8:1

परमप्रभुले मोशालाई भन्नुभयो,

1 राजा 6:18

तिनीहरूले यस कोठाका भित्ताहरू धूपीका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिंदैन थिए। तिनीहरूले देवदारूको तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँदेका थिए।

1 राजा 7:24

खडकुलो (घ्याम्पा) बाहिरी छेऊमा एउटा घेरा थियो। घेराको किनारमा भाँडोको वरिपरि काँसाको लौकाहरूको दुइ लहर थियो। काँसाका लौकाहरू भाँडोको चारैतिर जो राखिए एक टुक्रा घ्याम्पा सँग थियो।

1 राजा 7:49

यस प्रकार राजा सुलेमानले परमप्रभुको मन्दिरका लागि आफूले चाहे अनुरूप काम पूरा गरे।

2 इतिहास 4:7

सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुसरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए।

2 इतिहास 13:11

तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उच्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमी मानिसहरूले उहाँलाई त्याग गरेका छौ।

जकरिया 4:2

तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?” मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरु निकिलदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो दिशा तेल हरेक दियोको प्याला सम्म जाँदै छन्।

Interlinear

Choose Theme