त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे।
Cross references
“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।
उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।
हारूनले परमप्रभुको अघि सुनौलो बत्तीदानमा निरन्तर बत्ती जलाइरहनेछन्।
सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो।
तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उच्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमी मानिसहरूले उहाँलाई त्याग गरेका छौ।
तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?” मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरु निकिलदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो दिशा तेल हरेक दियोको प्याला सम्म जाँदै छन्।
त्यसपछि मैले उनलाई भनें, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुईवटा भद्राक्षको बोटहरुले के अर्थ बुझाउँछ?”
त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिमीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्।
उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।
तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ।
त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढाउनलाई टेबल हुन्थे।
को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फकें। जब म र्फकिएँ, मैले सुनका सातवटा दीप-दानी देखे।