Cross references
उत्पत्ति 46:11
लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।
प्रस्थान 25:31
“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।
गन्ती 1:47
लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन।
व्यवस्था 10:8
त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो।