Home Bibles प्रस्थान 21:6 · नेपाली बाइबल
प्रस्थान 21:6 · नेपाली बाइबल

यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्त्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।

Cross references

प्रस्थान 12:12

“आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ।

प्रस्थान 18:21

तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ।“जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ।

प्रस्थान 21:22

“दुइ जना मानिस झगडा गर्न सक्छन् अनि यसरी झगडा गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुग्न सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी तुह्यो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्त्ताहरूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्।

प्रस्थान 22:8

तर यदि तिमीले चोरलाई पक्रन सकेनौ घर मालिक न्यायकर्त्ताको सम्मुख जानु पर्छ अनि त्यही मानिसले चोरेको हो होइन न्यायकर्त्ताले निर्णय लिनु हुनेछ।

प्रस्थान 22:28

“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।

लेवी 25:23

“भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ।

लेवी 25:40

महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झैं व्यवहार गर।

गन्ती 25:5

मोशाले इस्राएलका न्यायकर्त्तालाई भने, “तिमीहरू प्रत्येकले आफ्नो परिवार समूहमा त्यस्ता व्यक्तिहरू खोज्नु पर्छ जसले मानिसहरूलाई पोरको बाललाई झूटा देवतालाई पूज्न प्रोत्साहन दिए। तब तिमीहरूले त्यस्ता मानिसहरूलाई मार्नुपर्छ।”

व्यवस्था 1:16

“त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडामा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्।

व्यवस्था 15:17

त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस्न लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेंड पारिदेऊ। त्यो सधैंको निम्ति तिम्रो कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु।

व्यवस्था 16:18

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।

व्यवस्था 19:17

यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सएछन्।

1 शमूएल 1:22

तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैंलाई शीलोमा नै रहनेछ।”

1 शमूएल 8:1

शमूएल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्त्ता नियुक्त गरे।

1 शमूएल 27:12

आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैं मेरो सेवा गर्नेछ।”

1 शमूएल 28:2

दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।” आकीशले भने, “राम्रो, म तपाईंलाई मेरो अंगरक्षक बनाउँछु। सधैं मेरो रक्षा गर्नुहोस्।”

1 राजा 12:7

ती बूढा-प्रधानहरूले भने, “यदि आज तपाईंले मानिसहरूको इच्छा पूरा गरिदिनुभयो र तिनीहरूलाई दया पूर्ण उत्तर दिनुभयो भने तब तपाईंसँग इमान्दारी हुनेछ अनि तपाईंको जीवन भरि सेवा गर्नेछन्।”

भजनसंग्रह 40:6

परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न। तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।

यशैया 1:26

न्यायकर्त्ताहरूलाई म पहिले जस्तै फर्काई ल्याउनेछु। तिमीहरूका सल्लाहकारहरू जस्तो तिमीहरूसंग धेरै पहिला थिए त्यस्तै हुनेछन्। त्यसपछि तिमीहरूले भन्नेछौ ‘असल र विश्वासयोग्य शहर।’”

सपन्याह 3:3

यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेडाहरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।

Interlinear

Choose Theme