Home Bibles 1 राजा 12:7 · नेपाली बाइबल
1 राजा 12:7 · नेपाली बाइबल

ती बूढा-प्रधानहरूले भने, “यदि आज तपाईंले मानिसहरूको इच्छा पूरा गरिदिनुभयो र तिनीहरूलाई दया पूर्ण उत्तर दिनुभयो भने तब तपाईंसँग इमान्दारी हुनेछ अनि तपाईंको जीवन भरि सेवा गर्नेछन्।”

Cross references

2 शमूएल 15:3

तब अब्शालोमले भन्ने, “गर्थे तपाईं आफ्नो मामला जित्ने योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुन्दैनन्।”

1 राजा 12:13

त्यस समयमा राजा रहबामले तिनीहरूसंग कडा कुरा गरे। उनले बुढा-प्रधानका सर-सल्लाह सुनेनन्।

2 इतिहास 10:6

तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”

2 इतिहास 10:7

ती अग्रजहरूले रहबामलाई भने, “यदि तपाईं ती मानिसहरू प्रति दयालु हुनुभयो अनि तिनीहरूलाई खुशी पार्नुभयो अनि तिनीहरूलाई राम्रो कुरा भन्नुभयो भने तिनीहरूले सदा सर्वदा तपाईंको सेवा गर्नेछन्।”

हितोपदेश 15:1

नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।

उपदेशक 10:4

मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।

जकरिया 1:13

तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसंग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरु भन्नुभयो।

मर्कूस 10:43

तर तिमीहरूसंग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ।

फिलिप्पी 2:7

परमेश्वरसित उहाँको ठाँउ उहाँले छोडिदिनु भयो र मानव हुन जन्मनु भयो अनि सेवक हुनु भयो।

Interlinear

Choose Theme