“त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडामा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्।
Cross references
“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।
“गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग।
“कसैलाई झूटो दोष नलगाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन।
“न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब अथवा दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।
“कानून् विदेशीको निम्ति अनि आफ्नो देशका मानिसहरूको निम्ति साँचो रहनेछ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”
तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ।
टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।
“तिमीहरूले ज्यालामा ल्याएको नोकर जो गरीब र संकष्टमा छ, उसलाई ठग्नु हुँदैन। त्यो नोकर इस्राएली होस् अथवा तिमीहरूकै कुनै शहरमा बस्ने एक विदेशी, एक जना यसमा कुनै फरक पर्दैन।
त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने,
परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिम्रो मृत्यु नजिकै आएको छ। यहोशूलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशूलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोशू भेट हुने पालमा गए।
इस्राएलको परमेश्वरले भन्नु भयो। इस्राएलको चटानले मलाई भन्नुभयो, “जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,
योशापातले ती न्यायकर्त्ताहरूलाई भने, “तपाईंहरू जे गर्नुहुन्छ त्यसमा होशियार हुनुहोस्, किनभने तपाईंहरूले मानिसहरूका निम्ति न्याय गरिरहनु भएको होईन तर परमप्रभुको निम्ति न्याय गर्नु हुँदैछ। परमप्रभु तपाईंहरूसित हुनुहुन्छ जब तपाईंले केही निर्णय गर्नुहुन्छ।