Home Bibles प्रस्थान 21:22 · नेपाली बाइबल
प्रस्थान 21:22 · नेपाली बाइबल

“दुइ जना मानिस झगडा गर्न सक्छन् अनि यसरी झगडा गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुग्न सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी तुह्यो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्त्ताहरूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्।

Cross references

प्रस्थान 21:30

तर यदि गोरूले हानेर मारिएको मानिसको परिवारले क्षतिपूर्ती लिन्छ भने त्यो गोरूको मालिकलाई मार्नु हुँदैन। तर उसले क्षतिपूर्ती अवश्यै गर्नु पर्छ।

व्यवस्था 16:18

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।

व्यवस्था 22:18

तब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ।

Interlinear

Choose Theme