यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सएछन्।
Cross references
यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्त्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।
तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्।
पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)
पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनिपरमप्रभुको शिक्षा सिकनु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”
“कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ।