“तर म शहरमा पुन आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु।
Cross references
परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।
‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ! कतै अरू ईश्वर छैन। म नै मानिसलाई मार्दछु अनि मानिसहरूलाई जीवित पार्दछु म मानिसहरूलाई चोट पुर्याउन सकछु अनि तिनीहरूलाई निको पार्न सकछु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँनु सकदैन।
नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।
म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन। प्रत्येक जातिले देखुन कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ।
उहाँको राज्यकालमा धार्मिकता फूलोस्, फूलोस्। जब सम्म जून रहँन्छ तब सम्म शान्ति रहोस्।
परमेश्वरको साँचो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्। धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ, बनाउने एउटा समय।
त्यसपछि परमेश्वर नै सबै जातिहरूकालागि न्यायाधिश हुनुहुनेछ। उहाँले विवादका कुराहरू मानिसहरूकै लागि अन्त गर्नुहुनेछ। ती मानिसहरूले लडाइँ गर्ने आफ्ना हात-हतियारहरू बन्द गर्नुहुनेछ। तिनीहरूले आफ्ना तरवारबाट हलोको फाली बनाउनेछन्। अनि तिनीहरूका आफ्ना चलाउने भालाहरूबाट घाँस काट्ने हँसिया बनाउनेछन्। मानिसहरू एक अर्कोको विरूद्धमा लडाइँ लड्न छाड्ने छन्। मानिसहरूले फेरि कहिल्यै पनि युद्धकालागि तालिम लिने छैनन्।
यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।
प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्। ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।
त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।