Home Bibles ☰ Books 1 राजा 11:38 · नेपाली बाइबल
1 राजा 11:38 · नेपाली बाइबल

यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सोप्ने छु।

Cross references

प्रस्थान 19:5

यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो।

व्यवस्था 15:5

तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्यौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ।

व्यवस्था 31:8

परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।”

यहोशू 1:5

कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।

2 शमूएल 7:11

शुरूमा मैले इस्राएली मानिसहरूको निम्ति न्याय कर्त्ता नियुक्त गरें। तर नराम्रा मानिसहरूले तिनीहरूलाई साह्रै सताए। अब यस्तो कुरा हुनेछैन। म यस्तो अवस्था सृजना गर्नेछु त्यहाँ केही दुःख तिमीहरूका शत्रुहरूबाट हुने छैन।

2 शमूएल 7:16

तिम्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिम्रो राज्य तिम्रो निम्ति सदा-सर्वदा रहनेछ। तिम्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।”

2 शमूएल 7:26

तब तपाईंको नाउँ सदा-सर्वदा सम्मानित हुनेछ। मानिसहरूले भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु परमेश्वरले इस्राएललाई शासन गर्नुहुन्छ। अनि यस्तो होस् कि दाऊद परिवार तपाईंको सामुन्ने स्थापित होस्।’

2 शमूएल 7:27

“तपाईं सर्वशक्तिमान्, इस्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, ‘तेरो परिवारलाई महान बनाइदिन्छु।’ यसैले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ।

1 राजा 3:14

म चाहन्छु, तैंले मेरो आज्ञा मान तँ मेरा अनुसरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैंले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।”

1 राजा 6:12

“यदि तैंले मेरो सबै विधि र विधान पालन गरिस् भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ।

1 राजा 9:4

तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनि असल र इमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्नै पर्छ।

1 राजा 11:4

जब सुलेमान बुढा भए, उनकी पत्नीहरूले उनलाई अरू देवताहरूको अनुसरण गर्नु लगाए। सुलेमानले आफ्नो परमप्रभुलाई सम्पूर्ण हृदयले अनुसरण गरेनन् जस्तो उनका पिता दाऊदले गरेका थिए।

1 राजा 14:7

फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ।

1 इतिहास 17:10

ती नराम्रा कुराहरू भए, तर मैले मेरा इस्राएली मानिसहरूको हेरचाहको निम्ति प्रमुखहरू चुने अनि म तेरा सबै शत्रुहरूलाई पनि परास्त गर्नेछु।“‘म तँलाई भन्छु कि परमप्रभुले तेरो निम्ति एउटा राजकीय घरना निर्माण गरिदिनु हुनेछ।

1 इतिहास 17:24

तपाईका वचन राख्नुहोस् जस द्वारा मानिसहरूले सदैव तपाईको नाउँको सम्मान गर्नेछन्। तब मानिसहरूले भन्ने छन्, ‘सर्वशक्तिमान परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ अनि दाऊद तपाईंको दासको साम्राज्य तपाईंको सामुन्ने स्थापित होस्।

जकरिया 3:7

सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो, “यदि तिमाले मैले भने जस्तै गरी बस्यै अनि मेरो सेवा गर्यौ भने, तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। तिमीले यसको आँगनको हेरचाह गर्नेछौ अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।

Interlinear

Choose Theme