Home Bibles अय्यूब 5:18 · नेपाली बाइबल
अय्यूब 5:18 · नेपाली बाइबल

परमेश्वरले दिनुभएको घाउहरूमा मलमपट्टी गरिदिनुहुन्छ। उहाँले कसैलाई चोट पुर्याउँन सक्नुहुन्छ तर उहाँकै हातहरूले नै निको पार्नुहुन्छ।

Cross references

लेवी 14:48

“पूजाहारी आएर परीक्षण गर्दा त्यस घरमा लिउन लगाई सक्दा ढुसी नफैलिएको पाए, ढुसी हराइसकेको हुँदा पूजाहारीले त्यो घर शुद्ध भएको घोषणा गरून्। किन? किनभने ढुस्सी हटेको छ।

व्यवस्था 32:39

‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ! कतै अरू ईश्वर छैन। म नै मानिसलाई मार्दछु अनि मानिसहरूलाई जीवित पार्दछु म मानिसहरूलाई चोट पुर्याउन सकछु अनि तिनीहरूलाई निको पार्न सकछु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँनु सकदैन।

1 शमूएल 2:6

परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ, अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।

भजनसंग्रह 147:3

परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

यशैया 19:22

परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।

यशैया 30:26

त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।

यर्मिया 30:17

अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”

होशे 6:1

“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।

Interlinear

Choose Theme