Home Bibles प्रस्थान 19:5 · नेपाली बाइबल
प्रस्थान 19:5 · नेपाली बाइबल

यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो।

Cross references

प्रस्थान 6:7

तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ।

प्रस्थान 9:29

मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसंगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ।

प्रस्थान 15:26

परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

प्रस्थान 23:22

उसले भनेको प्रत्येक कुरा पालन गर। मैले भनेको प्रत्येक कुरा तिमीले मान्नु पर्छ। यदि तिमीहरूले यी सबै कुरा मान्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु हुनेछु। अनि तिमीहरूको विरोधमा हुने प्रत्येकको म विरोध गर्नेछु।”

प्रस्थान 24:7

मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”

प्रस्थान 34:9

“हे परमप्रभु यदि तपाईं मसित खुशी हुनुहुन्छ भने हामीसंग हिंड्नु होस्। म जान्दछु यी मानिसहरू अट्टेरी छन् हामीद्वारा कुकर्म गरेकोमा क्षमा गर्नुहोस् अनि हामीलाई तपाईंका आफ्नै मानिसहरू भनी ग्रहण गर्नु होस्।”

लेवी 20:24

“मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ जसले तिमीहरूलाई अन्य राष्ट्रबाट छुट्टाए।“मैले तिमीहरूसित भिन्दै प्रकारले व्यवहार गरेको छु कारण तिमिहरूलाई मैले मेरो विशेष मानिसहरू बनाएको छु।

व्यवस्था 4:20

तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।

व्यवस्था 5:2

परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो।

व्यवस्था 7:6

किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ।

व्यवस्था 9:29

हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।

व्यवस्था 10:14

आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर कै हुन्।

व्यवस्था 11:27

आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ।

व्यवस्था 14:2

किन? किनभने तिमीहरू अरू मानिसहरूभन्दा भिन्दै हौ। तिमीहरू परमप्रभुको विशेष मानिसहरू हौ। परमप्रभु आफ्ना परमेश्वरले संसारका सबै मानिसहरूको माझबाट तिमीहरूलाई आफ्नो विशेष मानिस बनाउन रोज्नुभएको छ।

व्यवस्था 14:21

“यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किन? किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ।“बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।

व्यवस्था 26:18

अनि आज परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नो मानिसहरू भनी ग्रहण गर्नु भएको छ र यसको निम्ति उहाँले प्रतिज्ञा गर्नु भएको छ। परमप्रभुले तिमीहरूलाई उहाँका सबै आज्ञाहरू पालन गर्नै पर्छ भन्नु भएको छ।

व्यवस्था 26:19

परमप्रभुले तिमीहरूको राष्ट्रलाई सबै राष्ट्रहरूभन्दा अग्लो बनाउनु हुनेछ। उहाँले तिमीहरूलाई सम्मान, प्रशंसा र सुनाम दिनु हुनेछ। अनि उहाँको प्रतिज्ञानुसार तिमीहरू उहाँका आफ्नै विशेष पवित्र मानिसहरू हुनेछौ।”

व्यवस्था 28:1

“अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुँनेछ।

व्यवस्था 32:8

सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो। परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।

यहोशू 24:24

तब मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेशवरको सेवा गर्नेछौं। हामी उहाँको आज्ञा पालन गर्नेछौं।”

1 शमूएल 15:22

शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो।

1 राजा 8:53

तपाईंले तिनीहरूलाई पृथ्वीका सबै मानिसहरूबाट आफ्ना विशेष मानिसहरूको रूपमा चुन्नुभएको छ। परमप्रभु तपाईंले हाम्रो लागि यस्तो गर्नेछु भनी वचन दिनुभएको थियो। तपाईंले आफ्नो सेवक मोशालाई मिश्रबाट हाम्रा पुर्खाहरूलाई ल्याउनमा प्रयोगगर्नु भएको थियो।”

अय्यूब 41:3

के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?

अय्यूब 41:11

म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।

भजनसंग्रह 24:1

पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।

भजनसंग्रह 25:10

परमप्रभु सधैं ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।

भजनसंग्रह 50:11

उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु। प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।

भजनसंग्रह 103:17

तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।

भजनसंग्रह 135:4

परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो।

श्रेष्ठगीत 8:12

सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ। प्रत्येक रखवालालाई 200 शेकेल देऊ उसले तिम्रो लागि ल्याएको दाखको सट्टामा! तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु। मेरो अघिको यो दाखबारी मेरो आफ्नै हो।

यशैया 1:19

“मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ।

यशैया 41:8

परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ, याकूब मैले तिमीलाई रोजें। तिमी आब्राहाम परिवारका हौ। अनि म आब्राहामलाई प्रेम गर्दछु।

यशैया 43:1

याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।

यशैया 56:4

ती नपुंसकहरूले त्यस्ता कुराहरू भन्नु पर्दैन किनभने परमप्रभुले भन्नुहुन्छ, “नपुंसक मध्ये केहीले विश्राम दिनको नियम अनुसरण गर्छन्। कार्यहरू त्यही गर्छन जो म इच्छा गर्छु अनि मेरो करार साँचो हृदयले अनुशरण गर्छन्। यसैले म तिनीहरूकोलागि स्मारक ढुङ्गा मेरो मन्दिरमा राखिदिनेछु। तिनीहरूका नाउँ मेरो शहरमा सम्झना गरिनेछ।

यर्मिया 7:23

मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’

यर्मिया 10:16

तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न। परमप्रभुले सबै थोक बनाउनु भयो अनि परमप्रभुले इस्राएल परिवारलाई परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो। परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।

यर्मिया 11:4

म त्यो करार विषयमा कुरा गरिरहेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ। त्यो करार मैले त्यसबेला गरेको थिएँ जब मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। मिश्र धेरै संकटहरूको ठाउँ थियो। यो फलाम गलाउने भट्टी झैं थियो। मैले तिनीहरूलाई भने मेरा आज्ञा पालन गर अनि मैले आदेश दिएको कुराहरू गर। यदि तिमीहरूले त्यसो गर्यौ भनें, तिमीहरू मेरो मानिसहरू हुनेछौ र म तिमीहरूको परमेश्वर हुनेछु।

यर्मिया 13:11

एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।”

यर्मिया 31:31

परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग गरेर नयाँ करार स्थापित गर्नेछु।

दानियल 4:34

तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिए मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ।परमेश्वरले सदा सर्वदा शासन गर्नुहुन्छ। उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।

Interlinear

Choose Theme