Home Bibles ☰ Books एस्तर 5:14 · नेपाली बाइबल
एस्तर 5:14 · नेपाली बाइबल

तब तिनकी पत्नी अनि तिनका सबै मित्रहरूले तिनलाई भने एउटा 75 फीट अग्लो फाँसी बनाऊ। अनि राजालाई विहान भन, “मोर्दकैलाई त्यसमा झुण्डयाउनु होस्। त्यसपछि खुशीसित राजासंग भोजमा जानुहोस्।” त्यो विचार हामानलाई उत्तम लाग्यो अनि तिनले फाँसी बनाए।

Cross references

2 शमूएल 13:3

अम्नोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाक थिए।

2 शमूएल 16:21

अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोडनु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”

1 राजा 21:7

ईजेबेलले भनिन, “तर तिमी इस्राएलका राजा हौ! ओछ्यानबाट उठ। केही खाऊ अनि तिमीलाई राम्रो लाग्ने छ। नाबोतको बारी म तिमीलाई उपलब्ध गराउने छु।”

1 राजा 21:25

तिम्रो परिवारमा कुनै पनि मानिस मर्दा त्यसलाई कुकुरले खाने छ। कोही मानिस चऊरमा मर्दा त्यसलाई चराहरूले खानेछन्।

2 इतिहास 22:3

अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्।

एस्तर 3:8

अनि हामानले राजालाई भने, “तपाईंको राज्यको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तुर सबै मानिसहरूको दस्तुर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अशैय भयो।

एस्तर 6:4

अनि हामान राज महलको बाहिरी आगनँ मा आउँदै थिए, आफूले बनाएको फाँसीमा मोर्दकैलाई झुण्ड्‌याउनु भनी राजालाई भन्नका निम्ति।

एस्तर 7:9

तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छत्‌मा खडा छ।”राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।”

भजनसंग्रह 7:13

यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ।

भजनसंग्रह 9:15

ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।

भजनसंग्रह 37:14

दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्। ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्। ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।

भजनसंग्रह 37:32

तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।

हितोपदेश 1:18

यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ।

हितोपदेश 4:16

दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।

Interlinear

Choose Theme