Home Bibles मर्कूस 14:10 · नेपाली बाइबल
मर्कूस 14:10 · नेपाली बाइबल

त्यसपछि बाह्रजना प्रेरितहरू मध्ये एकजना चेला मुख्य पूजाहारीहरू भएकाहाँ गयो। यो चेलाको नाम थियो यहूदा इस्कारियोत। यहूदाले येशूलाई तिनीहरूको हातमा सुम्पेको चाहन्थ्यष्ठ्वो।

Cross references

भजनसंग्रह 41:9

मेरो प्रिय साथीले मसँगै खायो। म उसलाई भरोसा गर्थे। तर अहिले, ऊ मेरो विरूद्धमा बागी भएकोछ।

भजनसंग्रह 55:12

तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।

मत्ती 10:4

शिमोन कनानीर यहूदा इस्कारयोत त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो।

मत्ती 26:14

त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो।

मर्कूस 3:19

अनि यहूदा इस्करियेती जसले येशूसित विश्वासघात गरेको थियो।

लूका 22:3

येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो।

यूहन्ना 6:70

तब येशूले उत्तर दिनुभयो “मैले तिमीहरू बाह्रजनालाई चुन्छु। तर पनि तिमीहरूमा एकजना शैतान हो।”

यूहन्ना 13:2

येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो।

यूहन्ना 13:30

यहूदाले येशूले दिनुभएको त्यो रोटीको टुक्रा ग्रहण गर्‌यो र तुरुन्तै बाहिर निस्की हाल्यो। त्यसबेला रात परिसकेको थियो।

Interlinear

Choose Theme