अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्।
Cross references
यस पृथ्वीमा नपील मानिसहरु त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरुले जब मनुष्य कन्याहरुसित शारीरिक सम्बन्ध राखे तिनीहरुले परमेश्वरका छोराहरुका नानीहरु जन्माए। तिनीहरु प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरु थिए।
यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशिर्वाद दिने छैनन्। किनभने मैले उनीसंग हिंड्ने प्रयत्न गरे।”
यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”
ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ।
“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।
ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।
तर मीकाले त्यो चाँदी आफ्नी आमालाई फर्काइ दिए। यसर्थ तिनले त्यो चाँदीबाट प्रायः दुइ सय शेकेलका सिक्कालिएर ती चाँदीका कारीगरलाई दिइन्। चाँदी कारीगरले चाँदीले मोडेको मूर्ति बनाउन त्यो चाँदी प्रयोग गरे। त्यो मूर्तिलाई मीकाको घरमा राखियो।
विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्।
यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने।
ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।
परमेश्वर चाहनु हुन्छ पत्नीहरू एक शरीर अनि एक आत्माहुन्। किन? जसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।
“जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पच्छ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाग्ने योग्यको हुँदैन।
के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसंग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”
तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफै निर्णय गर।”