अनि हामानले राजालाई भने, “तपाईंको राज्यको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तुर सबै मानिसहरूको दस्तुर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अशैय भयो।
Cross references
म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।
म पर्वतबाट ती मानिसहरूलाई देख्छु, म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु, तिनीहरूले एकान्तमा बस्छन्, तिनीहरू आफैलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।
परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ।
तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ।
मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें। यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।
अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।
अबः राजालाई यो ज्ञानहोला कि यहूदीहरू जो तपाई बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन्। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःर्निर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःर्निर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्।
जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरू प्रतिघात पुर्याउँछ धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो।
तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, “यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु।
इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”
परमेश्वरले भन्नुभयो, “तर म तिमीहरूका कतिपय मानिसहरूलाई बाँच्न दिनेछु। ती केही समय सम्म विदेशमा बस्नेछन्। म तिनीहरूलाई तितर-बितर पार्नेछु अनि विदेशमा बस्नका निम्ति बाध्य पार्नेछु।
“यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँचो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ।
जब राजाले यो खबर सुने तिनी अत्यन्तै दुखी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुञ्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे।
म अब तिनीहरुलाई एउटा आँधी-बेहरीले झैं तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु। जब तिनीहरू यो देश भएर जान्छन् तिनीहरुले छोडे को भूमि उजाड हुनेछ। त्यो सुन्दर भूमि ध्वंश हुनेछ।
यहूदीहरूले आपसमा भने, “उनी कहाँ जानेछन, के हामीले उनलाई भेट्न सक्ने छैनौं? के उनी यूनानीहरूमा जानेछन् जहाँ हाम्रा मानिसहरू वस्दछन्?के तिनी यूनानी मानिसहरूलाई शिक्षा दिन जानेछन्?
पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराईरहेछन्।
पावल र तिनीसंग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन।
यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो।
हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”
परमेश्वर अनि परमप्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादनपरमेश्वरको सम्पूर्ण मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएका छन् अभिवादन!
पत्रुस, येशू ख्रीष्टका प्रेरित द्वारा अभिवादन परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरु प्रति।