Home Bibles प्रेरित 23:14 · नेपाली बाइबल
प्रेरित 23:14 · नेपाली बाइबल

ती यहूदीहरू मुख्य पूजाहारीहरू र बूढा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारूञ्जल सम्म न केही पिउँछौं न केही खानेछौं।

Cross references

भजनसंग्रह 52:1

हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं? तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।

यशैया 3:9

मानिसहरूका अनुहारहरूले बताउँछन कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अंहकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।

यर्मिया 6:15

पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका नराम्रा कुराहरूले लज्जित हुनु पर्ने। तर तिनीहरू एकदमै लज्जित छैनन्। तिनीहरू कसरी लज्जित हुनु पर्ने जान्दैनन्। यसकारण तिनीहरू अरूसितै दण्डित हुनु पर्छ। जब म मानिसहरूलाई सजाय दिन्छु तिनीहरू भूँईमा फ्याँकिनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

यर्मिया 8:12

तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ। तर तिनीहरू पटक्कै लज्जित छैनन्। कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्। यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।” परमप्रभु यसो भन्नुहुन्छ।

होशे 4:9

यसैले पूजाहारीहरू र साधारण मानिसहरूमा केही भिन्नता छैन। म तिनीहरूलाई तिनीहरूको कर्मका निम्ति सजाय दिनेछु। तिनीहरूले जुन नराम्रो काम गरेका छन् त्यसको बदला चुकाएर छोडनेछु।

मीका 7:3

मानिसहरुको दुवै हातहरु नराम्रो काम गर्न तयार छन्। शसकहरु काम गर्नलाई घुस माग्छन्। न्यायकर्ताले पैसा लिएर न्यायलयमा फैसला बद्लि गर्छन्। “मुख्य अगुवाहरु” साँचो र निष्पक्ष निर्णय लिंदैनन्। तिनीहरु आफुलाई जस्तो मनपर्छ, त्यस्तै काम गर्छन्।

प्रेरित 23:12

अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे।

Interlinear

Choose Theme