Home Bibles ☰ Books उपदेशक 7:1 · नेपाली बाइबल
उपदेशक 7:1 · नेपाली बाइबल

एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।

Cross references

रूथ 3:14

यसर्थ बिहान नभएसम्म रूथ बोअजको खुट्टाको नजिकमा सुतिन्। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसमिसेमानै तिनी उठिन्।बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्छौं।”

अय्यूब 3:17

दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।

भजनसंग्रह 133:2

हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ। त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।

हितोपदेश 15:30

एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।

हितोपदेश 22:1

धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।

हितोपदेश 25:10

यदि तिमीले अर्काको रहस्य खोलिदियौ भने तिमी आफैं लाजमा पर्नेछौ र तिमी माथि लागेको बद्नामी तिमीबाट कहिल्यै मेटिने छैन।

हितोपदेश 27:9

अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।

उपदेशक 4:2

म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्।

उपदेशक 10:1

मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धपूर्ण बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।

श्रेष्ठगीत 1:3

तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।

श्रेष्ठगीत 4:10

हे मेरी साथी, हे मेरी दुलही। तिम्रो माया कति सुन्दर छ। तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ, तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।

यशैया 56:5

हो, म ती नपुसंकहरूलाई केही चीज दिनेछु जुन नानीहरू भन्दा राम्रो हुन्छ। म तिनीहरूलाई नाउँ दिनेछु जुन सधैं रहनेछ। तिनीहरू मेरा मानिसहरूबाट अलग हुने छैनन्।”

Interlinear

Choose Theme