यसर्थ बिहान नभएसम्म रूथ बोअजको खुट्टाको नजिकमा सुतिन्। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसमिसेमानै तिनी उठिन्।बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्छौं।”
Cross references
एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।
यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।
आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ।
त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली।
हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।
हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस।
मानिसहरु जसले विश्वास गर्दैनन् तिनीहरु तिमीहरुका वरिपरि छन्। ती मानिसहरुले तिमीहरुले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरुले गरेका असल कुराहरु तिनीहरुले देख्नेछन् अनि तिमीहरुले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।