Home Bibles ☰ Books उपदेशक 7:2 · नेपाली बाइबल
उपदेशक 7:2 · नेपाली बाइबल

भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किन कि सबै एक दिन मर्नै पर्छ अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।

Cross references

उत्पत्ति 48:1

केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए।

उत्पत्ति 49:2

“हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ अनि तिम्रा बाबु इस्राएलले भनेको सुन।”

उत्पत्ति 50:15

याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै वर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।”

गन्ती 23:10

याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्? तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ। तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन। मेरो आत्माले असल मृत्यु पाओस्, मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”

व्यवस्था 32:29

यदि तिनीहरू ज्ञानी भए तिनीहरूले बुझ्ने थिए, तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।

व्यवस्था 32:46

तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ।

अय्यूब 1:4

अय्यूबका छोराहरूले पालैपालो गरेर आफ्ना घरहरूमा प्रितीभोजहरू दिने गर्थे, अनि तिनीहरूले आफ्ना बहिनीहरूलाई निमंत्रणा गर्थे।

भजनसंग्रह 90:12

हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस, ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।

उपदेशक 9:5

जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्‌न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्।

यशैया 5:11

तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ।

यशैया 22:12

यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

यशैया 47:7

तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु। म सधैं नै रानी हुनेछु।’ तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यानै दिएनौ। तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ।

आमोस 6:3

हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ अनि हिंसाको दिन नजिक ल्याउँछन्।

Interlinear

Choose Theme