Home Bibles हितोपदेश 27:9 · नेपाली बाइबल
हितोपदेश 27:9 · नेपाली बाइबल

अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।

Cross references

प्रस्थान 18:17

तर मोशाका ससूराले उसलाई भने, “यस्तो कार्य गर्ने यो सही तरीका होइन।

न्यायकर्ता 9:9

तर भद्राक्षको रूखले भन्यो, “मानिसहरू अनि देवताहरूले मेरो तेलका निम्ति मेरो स्तुति गर्छन्। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले तेल बनाउन छोड्नु?”

1 शमूएल 23:16

तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे।

1 राजा 1:12

तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन संकटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु,

एज्रा 10:2

शकन्याह, यहीएलको छोरा, एलामका कुलहरू मध्ये एक-ले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति विश्वासहीन भएको छौ। त्यस भूमिका विदेशी स्त्रीहरूसित विवाह गरेर।

भजनसंग्रह 23:5

हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो, अनि तपाईंले मेरो शिरमा तेल हाल्नु भयो।मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।

भजनसंग्रह 45:7

तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर तपाईंलाई आफ्ना साथीहरूमाथिराज गर्न चुन्नुहुन्छ।

भजनसंग्रह 104:15

परमेश्वरले हामीलाई दिनु हुन्छ दाखरस जसले हामीलाई खुशी तुल्याउँछ तेल जसले हाम्रो छाला नरम पार्दछ, अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।

भजनसंग्रह 133:2

हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ। त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।

हितोपदेश 7:17

मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु।

हितोपदेश 15:23

सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।

हितोपदेश 16:21

ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउछ।

हितोपदेश 16:23

बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओठले शिक्षा बढाउँछन्।

हितोपदेश 16:24

आनन्दयाक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।

श्रेष्ठगीत 1:3

तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।

श्रेष्ठगीत 3:6

यी नारी को हुन् जो धेरै मानिसहरू सित मरूभूमिबाट आइरहेकी छिन्? तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ कि मानौं त्यो धूवाँको बादल हो, जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप अथवा सुगन्धित मसला बाट निस्कन्छ।

श्रेष्ठगीत 4:10

हे मेरी साथी, हे मेरी दुलही। तिम्रो माया कति सुन्दर छ। तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ, तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।

यूहन्ना 12:3

मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।

प्रेरित 28:15

त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए।

2 कोरिन्थी 2:15

परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।

Interlinear

Choose Theme