तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरु धन्य हुन्।”आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरु तिनीहरुका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरुले गरेका कुराहरु तिनीहरुसितै रहनेछन्।”
Cross references
दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।
परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौ भने असल चिजहरू आउँछन्।
धार्मिकताचाहिं परमेश्वरको अघि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।
मैले फेरि यो पनि बुझे कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याँउछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन।
परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू सियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।
धर्मी मानिसहरू गइसकेकाछन् तर यसमा कसैले पनि ध्यान दिएन्। मानिसहरू बुझ्दैनन के हुँदैछ। धर्मी मानिसहरू भेला भईरहनेछन्। मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्। तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि धर्मी मानिसहरू भेला गरिएकोछ।
तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, ‘यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”
यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ।
“म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ।
तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।
यदि हामी बौरीउठनु बच्नु भने हामी प्रभुको लागि बाँचिरहेछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं।
अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए।
यसैकारण मेरा प्रिय दाज्यू-भाई दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सँधै आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।
त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यही बस्न खोज्छौं।
आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।
मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो।
तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु।
हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।
परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठुलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतकोस्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्।
येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन।
परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ।
मैले लडाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु।
यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौ दिनको विश्राम अझै आउँदैछ।
परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले संझनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।
त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरुमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”
“एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेख “तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरु लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिडेछन्, तिमीहरुलाई यी कुराहरु भनिरहेका छन्।
त्यसपछि ती आत्माहरु प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरुलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरुका अझ कोही भाइहरु जसलाई तिनीहरु जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरुसित थिए। ती आत्माहरुलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो।
मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नहुच्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरु हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरुले भेंडाको रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरु शुद्ध अनि सेता भएका छन्।
ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरु गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरुलाई गुप्त राख।”
सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,”“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदासर्वदा शासन गर्नेछन्।”
त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरुलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली जम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।
सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।”
तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरु जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रण गरियो। तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”
ती मानिसहरु जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरु धन्य अनि पवित्र हुन्। यी मानिसहरुमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरु परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरु हुनेछन्। तिनीहरुले एक हजार र्वषको निम्ति शासन गर्नेछन्।शैतानको पराजय
उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु। तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरु विश्वासयोग्य अनि सत्य छन्।”